PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

क्रिकेट सल्लाहकार समितिमा थपिए निर्वाचित क्यानका दुई पदाधिकारी



पहिलोपोस्ट

क्रिकेट सल्लाहकार समितिमा थपिए निर्वाचित क्यानका दुई पदाधिकारी

काठमाडौं : नेपाली क्रिकेटको वर्तमान समस्यालाई निकास दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बनाएको सल्लाहकार समितिमा दुई पदाधिकारी थपिएको छ।

निर्वाचित नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल समितिमा थपिएको सल्लाहाकार समिति सदस्य रोहित दाहालले पहिलोपोस्टलाई बताए।

दुई जना थपिएसँगै सल्लाहकार समिति अब ८ सदस्यीय बनेको छ। समितिमा यसअघि नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे र क्यानकै पूर्व उपाध्यक्ष दीपक कोइराला, व्यावसायी वसन्त चौधरी, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल, नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पवन अग्रवाल र राष्ट्रिय खेलकुद परिषदबाट रोहित दाहाल सहभागी थिए।

आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइटस दुई दिन बसेको बैठकपछि निर्वाचित क्यानका दुई पदाधिकारी थपको टुङ्गो लागेको हो।

शनिबार सोल्टी होटलमा सुरु बैठकमा निर्वाचित क्यान पदाधिकारी पनि सहभागी थिए। आइतबार पनि सोही बैठकले निरन्तरता पाएको हो।
बैठकमा ग्लेनराइटसहित आईसीसीका लेखा शाखा प्रमुख अमर शेख, सल्लाहकार समितिका  पदाधिकारीहरुको सहभागिता थियो।

यस्तै आईसीसीका पदाधिकारीसँगको शनिबारको बैठकले अनिल सिन्हालाई सल्लाहकार समितिको वकीलमा नियुक्त गरेको छ।

दुई जनाको नाम थपिएसँगै अब केही दिनपछि नै विधान संशोधन सम्बन्धी कामको ड्राफ्ट अगाडी बढ्ने सल्लाहाकार समितिका सदस्य दाहाले जानकारी दिए।

आइसीसीले यसअघि नै सल्लाहकार समितिमा निर्वाचित क्यानका महासचिव प्याकुर्‍यालको नाम पनि थियो तर निर्वाचित समितिले त्यसलाई विरोध गर्दै आएको थियो।

क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नभएको भन्दै आईसीसीले गत वैशाख १३ मा क्यानलाई निलम्बन गरेको थियो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell