PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

​दाइजो बैना लिएर दीपेन्द्रले गरे अर्कैसँग विवाह, पीडित परिवार प्रहरीको शरणमा



पहिलोपोस्ट

राजविराज : प्रेम विवाह सम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीबाट रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोक्सर प्रवाह–१ बस्ने ३० वर्षीय ललितादेवी साह रहेको प्रहरीले जनाएको छ। 

सप्तरीको बेल्ही चपेना–४ बस्ने दीपेन्द्र मण्डलसँग शम्भुनाथ नगरपालिका–१० बस्ने रञ्जिताकुमारी मण्डलको एक वर्षअगाडि प्रेम विवाह गर्ने सहमति भएको थियो। 

सो विवाहमा रञ्जिताको माइतीपक्षबाट दीपेन्द्र मण्डललाई पढाई खर्चबापत रु पाँच लाख दिएको थियो र पछि दीपेन्द्रका घरपरिवारले दीपेन्द्रलाई अन्त विवाह गरी दिएपछि रकम फिर्ताको माग गर्दै रञ्जिताले राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएकी थिइन्। 

सोही पैसाको विषयमा मुद्दा मिलाइदिन्छ् भनी पटकपटक झुटा आश्वासन देखाई रञ्जिताकुमारी मण्डलसँग रु ३४ हजार पाँच सय ठगी गर्ने ललितालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell