
काठमाडौं : मधेसी मोर्चाको असहमति बीच सरकारले स्थानीय निकाय निर्वाचनको मिति घोषणाको तयारी गरेको छ। मोर्चाले संविधान संशोधन प्रस्ताव टुंगो लगाएर मात्रै निर्वाचन मिति घोषणा गर्न माग गरे पनि सरकार निर्वाचन मिति घोषणा गरेर संविधान संशोधनको प्रक्रिया टुंग्याउने निष्कर्षमा पुगेको हो।
निर्वाचन घोषणा लगायतका विषयमा छलफल गर्न अाज बिहान १० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
बैठकमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा सुझाव समितिले दिएको सुझावमाथि पनि छलफल हुनेछ। प्रतिवेदनमाछिको छलफल अनुसार स्थानीय तह निर्वाचनको मिति निक्र्यौल हुनेछ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मोर्चाका नेताहरुलाई बालुवाटार बोलाएर सरकारको तयारीबारे जानकारी गराउँदै सहयोगको आग्रह गरेका थिए। सत्ता सहयोगी नेपाली कांग्रेसका नेता समेत सहभागि रहेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार स्थानीय निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको मोर्चाका नेताहरुलाई जानकारी गराएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको ट्विट अनुसार सरकारले सोमबार निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ। उनले बैशाख ३० या ३१ गते स्थानिय निकायको निर्वाचनको मिति तोकिने दावी गरेका छन्।
आइतबार बेलुका १० वजे उनले यो ट्विट मार्फत यो जानकारी सार्वजनिक गरेका हुन्। उनले बेलुका ११ वजे अर्को ट्विट गरेर समसामयिक राजनीति र निर्वाचनको मिति घोषणा गर्ने विषमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेको जानकारी सार्वजिनक गरेका छन्।Finally,govt has prepared to declare the local poll date tomorrow.if nothing unexpected happened,new local body,1day election,on13or14 May.
— NKShresthaPrakash (@nksthaprakash) February 19, 2017
Interacted with com KP Oli today on national situation,common immediate task&election.i requested to help do election&bring UDMF on board.
— NKShresthaPrakash (@nksthaprakash) February 19, 2017
प्रधानमन्त्रीको निजी आधिकारिक वेवसाइट सिएमप्रचण्डडटकमका अनुसार मोर्चासँगको बैठकमा उनले मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउन सरकार लागिरहेको जानकारी दिँदै फागुन १० गतेबाट सुचारु हुने संसदबाट संविधान संशोधन विधेयक अघि बढाएर निष्कर्षमा लैजाने बताएका थिए।
उनले राजनीतिक गतिरोध अन्त्यका लागि स्थानीय तहको निर्वाचनमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए।
मोर्चाका नेताहरुले यस अगाडिका बैठकमा झै मूख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुंगोमा पुगेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।
बैठकमा संविधान संशोधन प्रस्तावको प्रक्रिया, त्यसमा सरकारले खेल्ने भूमिका, स्थानीय तहको संख्यामा हेरफेर, स्थानीय निर्वाचनको औचित्य र सरकारले गरेको तयारी लगायतका विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिएकी सिएमप्रचण्डडटकमले उल्लेख गरेको छ।
बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लागायतकाहरु सहभागि।
सभामुख स्वेदश फर्कदै, प्रचण्डद्धारा आयोगसँग छलफल
मोर्चाका नेतासँगको छलफलसँगै आइतबार बिकसित अन्य घटनाक्रमले समेत सरकार निर्वाचनको मिति घोषणाको निकट रहेको देखाएको छ। आइतबारनै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरे । परामर्शको मुख्य विषय स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी नै थियो।बालुवाटारमा निर्वाचन आयोगका प्रमूख आयुक्त र आयुक्तलाई बोलाएर प्रचण्डले निर्वाचनबारे परामर्श गरेका थिए। परामर्शमा प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै निर्वाचन सम्पन्न गर्ने तयारी गर्न आयोगलाई आग्रह गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ।
निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले बैशाख मसान्तभित्र नै निर्वाचन गर्ने गरी सम्पूर्ण तयारी गर्न आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका थिए।
४ दिने भ्रमणमा भारतमा रहेकी सभामुख ओनसरी घर्ती आफ्नो भ्रमण छोट्याएर आइतबार नेपाल फर्किएकी हुन्। सभामुख घर्तीले निर्वाचन मिति घोषणा भएसँगै संविधान संशोधन विधेयक अगाडि बढ्ने बताउँदै आएकी छिन्।