PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

​पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग



पहिलोपोस्ट

​पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

रत्ननगर : पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ। 

पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका पुगेका उनले नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गरेका हुन्। महायज्ञ परिसरमा उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गरेको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी दिए। 

पत्रकारले सोधेको एक प्रश्नमा पूर्वराजा शाहले भने ‘हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ।’ महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए। 

शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको पूर्वराजाका निजी सचिव सागर तिमिल्सिनाले बताए। गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्नेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell