PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

पाकिस्तानको उत्तरी भागमा हिमपहिरोका कारण सात व्यक्तिको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानको उत्तरी भागमा हिमपहिरोका कारण सात व्यक्तिको मृत्यु

चित्रल : पाकिस्तानको उत्तरी भागमा गएको हिमपहिरोका कारण सात श्रमिकको मृत्यु भएको जानकारी एक वरिष्ठ अधिकारीले दिएका छन्। उनले चार व्यक्ति अझै हिउँमा पुरिएको पनि उल्लेख गरेका छन्। 

यस दुर्घटनमा सात व्यक्ति घाइते भएका छन् र दुर्घटना खैबर पख्तुनख्वा प्रान्तको दिर र चित्रल जिल्ला जोड्ने लोवारी सुरुङ नजिकै भएको स्थानीय वरिष्ठ प्रशासक सहाब हमिदले एएफपीलाई बताए। 

उनले बाँकी कामदारलाई जिउँदै निकाल्ने प्रयास भइरहेको जानकारी दिए। हिमपहिरोका कारण अवरुद्ध भएका यात्रुको उद्धार तथा उपचारका लागि समूह घटनास्थलतर्फ गएका छन्। 

यसै महिनाको आरम्भमा भएको घना वर्षा तथा गएको हिम पहिरोको कारण कम्तीमा १३ व्यक्तिको मृत्यु भएको थियो भने २० घर नष्ट भएका थिए। 

छिमेकी अफ्गानिस्तानमा यसै कारण मर्नेको संख्या करिब २०० पुगेको छ। पाकिस्तान हरेक वर्ष शितकालमा खराब मौसम तथा हिमपहिरो र गृष्ममा बाढीका कारण निकै प्रभावित हुने गरेको छ। रासस÷एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell