
प्रिमियर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपर एएफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
ह्यारी केनले ह्याट्रिक गरेपछि आइतबार भएको अन्तिम १६ को खेलमा टोटनहमले फुलहममाथि ३-० को सहज निकाल्यो।
यता एक गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइेटडले ब्लाबर्न रोभर्सलाई २-१ ले हरायो।
भ्रमणकारी टोली टोटनहमका लागि केनले १६औं, ५१ औं र ७३ औं मिनेटमा गोल गरे।
यता खेलको १७ औं एक गोलले पछि परेको युनाइटेडको कमब्याक जितमा मार्सिएल र ज्लाटन इब्राहिमोभिचले गोल गरे।
ड्यानिएल ग्रहामले गोल गर्दै रोभर्सलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि नै मार्सिएलले गोल गर्दै बराबरी गरे भने ७५ औं मिनेटमा इब्राहिमोभिचले निर्णायक गोल गरे।
प्रिमियर लिग क्लबहरु चेल्सी र मिडल्स्ब्रो यसअघि नै एफए कपको क्वाटरफाइनलमा पुगिसकेका छन् भने लेस्टर सिटी क्वाटरफाइनलमा मिलवालसँग पराजित हुँदै बाहिरिएको छ।
अब क्वाटरफाइनलमा चेल्सी र युनाइेटडबीत प्रतिस्पर्धा हुनेछ। टोटनहमले मिलवासँग खेल्नेछ।
पाँचौ श्रेणीको लिनकन युनाइटेड प्रिमियर लिगको क्लब बर्नलीलाई पराजित गर्दै अन्तिम ८ मा पुगसिकेका छ।
यस्तै म्यानचेष्टर सिटीले हडल्सफिल्ड टाउनसँग रिप्ले खेल खेल्नेछ भने अन्तिम-१६ को अन्तिम खेलमा आर्सनलले आज सटन युनाइटेडसँग खेल्नेछ।