PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ला लिगा : मेसीको दुई गोलमा बार्सिलोनाको जित



पहिलोपोस्ट

ला लिगा : मेसीको दुई गोलमा बार्सिलोनाको जित

लियोनल मेसीले अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि बार्सिलोनाले ला लिगामा आइतबार लेगोनसलाई २-१ ले पराजित गरेको छ।

त्यसअघि मेसीले नै बार्सिलोनालाई अग्रता दिलाएका थिए। घरेलु मैदान नोउ क्याम्पमा भएको खेलको चौथो मिनेटमै लुइस सुवारेजको पासमा मेसीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

७१ औं मिनेटमा लेगानेसका उनाई लोपेजले बराबरी गोल फर्काए। निर्धारित समयको खेल बराबरीतर्फ धकेलिरहेको अवस्थामा बार्सिलोनाले पेनाल्टी पायो। मार्टिन मन्टोभानीले डि एरियामा नेमारलाई फल गरेपछि बार्सिलोनाले प्राप्त गरेको पेनाल्टीलाई मेसीले गोलमा परिणत गर्दै जित दिलाएका हुन्।

जितसँगै बार्सिलोना दोस्रो स्थानमा फर्किएको छ भने शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी १ मा झारेको छ। तर रियलले बार्सिलोनाभन्दा दुई खेल कम खेलेको छ।

२३ खेलबाट बार्सिलोनाको ५१ अंक छ भने २१ खेलबाट रियलले ५२ अंक जोडसिकेको छ। यस्तै २३ खेलबाटै ४९ अंक रहेको सेभयिा तेस्रो स्थानमा झरेको छ।

आइतबारै भएको अनय खेलमा भियारियलले रियल सोसिडाडलाई १-० ले, सेल्टाभिगोले ओसासुनालाई ३-० ले तथा भ्यालेन्सियाले एथ्लेटिको विल्वाओलाई २-० ले पराजित गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell