काठमाडौं : गायक कमल घलेको नयाँ गीत 'के लुकाउनु माया' सार्वजनिक भएको छ। म्युजिक भिडियोसहित गीत आइतबार युट्युब मार्फत सार्वजनिक भएको हो।
यमन सुवेदीको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। भिडियोमा निराजन प्रधान र जेबिका कार्कीको फिचरिङ रहेको छ। प्रेम कथा बोल्ने भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्।
स्टारलाइट इन्टरटेनमेन्टबाट गीत सार्वजनिक गर्दै गायक घलेले भने, 'नेपाली संगीत बजारको बढ्दो प्रतिस्पर्धासँगै युट्युब जस्तो प्रविधीको विकासले केही सहज बनाएको छ। यो हामी गायक र स्रोता दुबैको लागि राम्रो हो। त्यसैले मेरो गीतलाई धेरै स्रोताको साथ मिल्ने विश्वास छ।'
उत्सब दाहालले खिचेको भिडियोमा रोहन नेपालीको कोरियोग्राफी रहेको छ।
हेर्नुस् भिडियो: