PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

टी-२० मा सर्वाधिक विकेट लिने शाहिद अफ्रिदीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा



पहिलोपोस्ट

टी-२० मा सर्वाधिक विकेट लिने शाहिद अफ्रिदीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

पाकिस्तानका पूर्व कप्तन शाहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यसअघि नै टेष्ट र वान डे बाट सन्यास लिइसकेका अफ्रिदीले टी-२० क्रिकेटबाट पनि सन्यास लिएका हुन्।

सन् २०१६ को अप्रिलमा कप्तान छाडेपनि अफ्रिदीले टी-२० खेललाई निरन्तरता दिएका थिए। अफ्रिदीले टेष्टबाट २०१० र वान डे बाट २०१५ मा सन्यास लिएका थिए।

'मैले अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गरेँ', ३६ वर्षे अफ्रिदीले भने।

'बुम बुम' उपनामबाट परिचित अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ वान डे र ९८ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनले घरेलु टी-२० क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन्। 'म मेरो फ्यानको लागि खेलिरहनेछु र अझै दुई वर्ष यसलाई निरन्तरता दिनेछु', अफ्रिदे भने।

अफ्रिदीले २००६ मा इंगल्याण्ड विरुद्ध डेब्यु गरेका थिए।

अफ्रिदी टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् भने धेरै खेल खेल्नेमा पनि अफ्रिदी अगाडी छन्। सय विकेट बाट ३ विकेट मात्र टाढा रहेका अफ्रिदीले ९८ खेल खेल्दै ९७ विकेट लिएका छन्।

अफ्रिदीले पछिल्लोपटक २०१६ को मार्चमा भारतमा मोहलीमा अष्ट्रेलिया विरुद्ध अन्तिम टी-२० खेलेका थिए।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell