
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन दिनदेखि काठमाडौंमा जारी प्रथम एकता महाधिवेशनले आज नयाँ नेतृत्वको लागि निर्वाचन गर्दैछ।
काठमाडौँको भृकुटीमण्डपमा अबको केहीबेरमा नै अध्यक्ष पदको लागि मतदान सुरु हुँदैछ। अध्यक्ष पदको लागि नेता कमल थापा र प्रदीपविक्रम राणा चुनावी मैदानमा छन्।
मतदान गर्नका लागि मतदाताहरु लामबद्ध भएर बसेका छन्। अध्यक्ष पदको मतदानका लागि अञ्चलअनुसार १४ वटा लाइन बसाइएको छ र १४ वटै मतपेटिका तयार गरिएको छ। सबै ठाउँमा निर्वाचन प्रतिनिधि बस्ने र उनीहरुले नै नाम दर्ता गरेर पठाउने व्यवस्था गरिएको छ। केन्द्रीय सदस्यको मतदान दिउँसो २ बजेबाट सुरु हुने भनिए पनि लम्बिने सम्भावना देखिन्छ।
केन्द्रीय सदस्यको मतदान भने भोटिङ मेसिनबाट हुनेछ।