PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

​सरकारविरुद्ध रणनीति बनाउन मोर्चाले डाक्यो बैठक



पहिलोपोस्ट

​सरकारविरुद्ध रणनीति बनाउन मोर्चाले डाक्यो बैठक

काठमाडौं : संविधान संशोधन अगाडि नै सरकार स्थानीयतहको निर्वाचन मिति घोषणा गर्ने अडानमा पुगेपछि आफ्नो धारणा बनाउन मधेसी मोर्चाको बैठक बस्दैछ।

निर्वाचन मिति घोषणा गरेपछि संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउने सरकारी प्रस्ताव अस्विकार गर्दै आएको मोर्चा सरकारले मिति घोषणा गरे कस्तो रणनीति लिने भन्ने तय गर्न बैठक डाँकेको हो।
 
सद्भावनाका पार्टीका प्रवक्ता सन्तोष कुमार मेहताका अनुसार चुनावको मिति घोषणा गरिहाले कसरी मोर्चा अगाडी बढ्ने भन्ने बिषयमा बैठक बोलाएको पहिलोपोस्टलाई जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार विहान प्रज्ञाभवनमा भएको एक कार्यक्रममा सरकारले सोमवार बेलुका सम्म चुनावको मिति घोषण गरिसक्ने बताएका थिए ।

सोमवार विहान बसेको मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्ने भनिए पनि मिति तोक्न सकेन । संविधान संशोधनलाई रोकेर निर्वाचन गए आन्दोन गर्ने चेतावनी दिदै आएका मधेशी मोर्चा अहिले पनि सोही अडानमा छन् ।

सरकार भने मेधशी मोर्चालाई सहमतिमा ल्याएर चुनाव जाने तयारीमा छ । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल चुनावको मिती र अन्य बिषयमा केन्द्रित भएर छलफल गरिने बताए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell