दोस्रो विश्वयुद्धमा हिटलरले प्रयोग गरेको टेलिफोन सेट करिव २५ करोड नेपाली रुपैंयामा बिकेको छ। अमेरिकामा रहेको लिलाम गर्ने कम्पनि अलेक्जेन्डर हिस्टोरिक अक्सन कम्पनिले हिटलरले प्रपोग गरेको टेलिफोन सेट लिलामीमा राखेको थियो।
सन् १९४५ मा हिटलर हारेपछि कालो रङ्गको यो टेलिफोन सेट बंकरमा फेला परेको थियो। पछि यसलाई रातो रङ्गले पेन्ट गरेर हिटलर लेखिएको थियो।
फस्टपोस्टका अनुसार टेलीफोन लिलामी गर्ने कम्पनिले फोन किन्ने ब्यक्तिको पहिचान सार्वजनिक गरेको छैन। लिलामिको प्रारम्भमा यसको मुल्य २ लाखदेखि ३ लाख डलरसम्ममा विक्री हुने अनुमान गरिएको थियो। सो कम्पनिले टेलिफोनसँग अन्य हजारौ सामाग्री समेत लिलामी गरेको छ।