PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

'सलमान खान 'छिछोरा' छ', कसले राख्यो यस्तो तर्क?



पहिलोपोस्ट

'सलमान खान 'छिछोरा' छ', कसले राख्यो यस्तो तर्क?

'सलमान खान त रिस उठ्दा छन्, ढङ्गले नाँच्न पनि जान्दैनन्।' बलिउड सुपरस्टारबारे कसले गर्‍यो यस्तो टिप्पणी?

भारतमा त उनको बारेमा खुलेर नकारात्मक टिप्पणी गर्ने कमै होलान् तर पाकिस्तानकी एक अभिनेत्रीले खुलेरै सलमानबारे बोलेकी छिन्।

अभिनेत्री सबा कमरले पाकिस्तानी च्यानल जिन्दगीको एउटा टक शोमा सो भनाई राखेको वेब दुनियाँले जनाएको छ। उनले सलमानसँगै अन्य भारतीय कलाकारको पनि बेइज्जती गरेकी थिइन्।

सो टक शोको भिडियो अहिले पाकिस्तान र भारतमा भाइरल बनेको छ। कार्यक्रम पूरानो भए पनि किन अहिले चर्चामा आयो?

सबा कमरको बलिउडमा डेब्यु भएको चर्चा चलेसँगै भिडियो भाइरल भएको हो। उनी इरफान खानसँग स्क्रिन सेयर गर्ने तयारीमा छिन्।

सलमानका फ्यानहरुले उनलाई बलिउडमा ठाउँ दिन नहुने भन्दै सामाजिक संजालमा टिप्पणीसमेत गरेका छन्। पाकिस्तानी टिभी सोमा उनले भनेकी थिइन्,'म सलमान खानसँग डान्स गर्न पनि सक्दिनँ।'

यसअघि 'रईस' अभिनेत्री माहिरा खानले पनि केही वर्ष अगाडि 'बलिउड कलाकारबाट पाकिस्तानीले केही सिक्नु पर्दैन' भन्ने तर्क राखेको भन्दै विरोध भएको थियो।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell