PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​मन्त्रिपरिषद् दोस्रो बैठक :१४ देशका लागि राजदूत सिफारिस,५ सचिव सरुवा



पहिलोपोस्ट

​मन्त्रिपरिषद् दोस्रो बैठक :१४ देशका लागि राजदूत सिफारिस,५ सचिव सरुवा

काठमाडौं : मन्त्रिपरिषद्को दोस्रो बैठकले १४ देशका लागि राजूदतको नाम टुंगो लगाएको छ। राजदूतको नाम र निर्वाचन मिति तोक्न सोमबार बिहान बसेको बैठकले दुवै विषयमा निर्णय गर्न सकेको थिएन। सोमबार दिउँसो पुन: बसेको बैठकले राजदूतको नाम टुंग्यायो तर निर्वाचन मिति घोषणा गर्न सकेन।

को कहाँ सिफारिस

बैठकले युएइका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा, कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, बंगलादेशका लागि चोपलाल भुसालको नाम सिफारिस गरेको छ।

यसैगरी श्रीलङ्काका लागि विश्वेम्भर प्याकुरेल, यमानका लागि शर्मिला पराजुली, कोरियाका लागि अर्जुन जंगबहादुर, इजरायलका लागि निरञ्जन थापालाई राजदूतका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

सरकारले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय गर्दै त्यहाँ पूर्व सहायक रथी भरत रायमाझीलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ।
 

पाँच सचिव सरुवा

मन्त्रिपरिषद्ले सिचाईका गजेन्द्र ठाकुर सतर्कता केन्द्रमा सरुवा गरेको छ। सामान्य प्रशासनका पूर्णचन्द्र भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मोहनकृष्ण सापकोटा सामान्य प्रशासनमा, रामान्नद प्रसाद  यादव सिचाइमा र राजेन्द्र किशोर क्षेत्रीको सरुवा भएको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell