PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

तेस्रोपटक कलाकार फाइनल गरेपछि 'ग्याङ्गस्टर ब्लूज' फ्लोरमा



पहिलोपोस्ट

तेस्रोपटक कलाकार फाइनल गरेपछि 'ग्याङ्गस्टर ब्लूज' फ्लोरमा

काठमाडौं: फिल्म 'ग्याङ्गस्टार ब्लूज' अब भने छायांकनका लागि फ्लोरमा उत्रीएको छ। पश्चिम नेपालको नेपालगंजबाट फिल्मको छायाँकन सुरु भएको हो।

फिल्म घोषणा गर्दा माघबाट फिल्मको सुटिङ सुरु हुने भनिए पनि घोषित कलाकारको लाईन अपमा परिवर्तन भएपछी सुटिङ एक महिना पर सरेको थियो। फिल्म घोषणा गर्दा फिल्म युनिटले फिल्मका मुख्य कलाकारमा आशिरमान देशराज जोशी, आना शर्मा र गौरव पहारीलाई मुख्य कलाकारको रुपमा चिनाएको थियो। तर फिल्मबाट गौरव आउट भए । भिलेनको भूमिकामा रहेका गौरभलाई कलाकार नाजिर हुसेनले रिप्लेस गरेको भनिएको थियो। तर हुसेनलाई पनि आउट गर्दै प्रमोद अग्रहरीको नाम सार्वजनिक गरियो। रोजिशा शाही र संयम पूरीको पनि फिल्ममा भूमिका रहनेछ।




तेस्रोपटकमा फिल्मका कलाकार फाइनल भएपछि फिल्मको सुट सुरु भयो।

बाँकेको नेपालगंज, मुगुको रारा ताल र खप्तडमा फिल्म खिचिनेछ बताइएको छ। निर्माता सरोज न्यौपानेले ५० दिनमा छायांकनको काम सक्काउने जानकारी दिए। एक हप्ता पहिले नै निर्माता, निर्देशक, प्राविधक तथा कलाकारहरुको टोली नेपालगंज पुगेको थियो।

हेमराज बिसी निर्देशित फिल्मलाई २०७४को भदौमा रिलिज गर्ने निर्णय निर्माण टिमले गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell