PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

नयाँ पत्रिका कर्पोरेट गल्फ फागुन २१ मा, होल इन वान गर्नेलाई टियागो कार



पहिलोपोस्ट

नयाँ पत्रिका कर्पोरेट गल्फ फागुन २१ मा, होल इन वान गर्नेलाई टियागो कार

काठमाडौं : नयाँ प्रकाशन प्रालीको आयोजनामा दोस्रो नयाँ पत्रिका स्विङ एण्ड विन कर्पोरेट गल्फ प्रतियोगिता फागुन २१ गते हुने भएको छ।
आयोजक नयाँ प्रकाशनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त एकदिने प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

आयोजकका अनुसार एसियाकै चर्चित गल्फ कोर्समध्ये एक मानिने गोकर्ण गल्फ कोर्समा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका करिब एक सय गल्फरको सहभागिता रहने छ।

प्रतियोगिता स्टबल फर्म्याट ३/४ ह्याण्डिक्याप अनुसार खेलाइने गोकर्ण गल्फ क्लबका सिनियर गल्फ निर्देशक दीपक आचार्यले जानकारी दिए।
 प्रतियोगिताका विजेताहरुलाई कुल ३ लाख नगद बराबरको पुरस्कार प्रदान गरिनेछ।

सिनियर पुरुष तथा महिलातर्फको विजेता र उपविजेताले गल्फकै खेल सामार्गी पाउने पनि आचार्यले जानकारी दिए। उनका अनुसार विजेताले नगद ७० हजार पुरस्कार बराबरको एक्विपमेन्ट र गिफ्टह्याम्पटर पाउनेछ।

यस्तै पुरुष महिलाको उपविजेताले पनि गिफ्ट ह्याम्पटर पाउनेछन भने उत्कृष्ट ग्रोस, मोस्ट बर्डिज, लंगेस्ट ड्राइभ र क्लोजेस्ट टु पिन गर्ने गल्फरले पनि पुरस्कार प्राप्त गर्नेछन्।

गत वर्षको पहिलो संस्करणमा पुरुषतर्फ मुख्य उपाधि क्याप्टेन नोर्बु लामाले तथा महिलातर्फ रेखा घिमिरले जितेका थिए।

दोस्रो संस्करण गर्ने तयारीमा रहेको आयोजकले आगामी वर्ष अझै राम्रो गर्दै जाने र स्पोनसरहरुको राम्रो साथ पाए प्रोफेसनल गल्फ प्रतियोगिता समेत गर्ने योजना रहेको जानकारी दिएको छ।

कार्यक्रममा गोकर्ण रिसोर्ट गल्फ फरेस्टका अध्यक्ष सुह्रिद घिमिरे, रोएल नेपाल गल्फ क्लब आरएनजिसीका अध्यक्ष रविन्द्र मान श्रेष्ठ, गोकर्ण फरेस्टका सिनियर गल्फर दीपक आचार्यले मिडिया क्षेत्रले गल्फ आयोजनालाई निरन्तरता दिनुले नेपाली गल्फ विकासमा ठूलो टेवा पुर्याउने बताए।
 

होल इन वान गर्नेलाई टियागो कार

प्रतियोगितामा मुख्य आकर्षक नै होल इन वान भएकोले होल इन वान गर्नेलाई २८ लाख ५५ हजार बजार मूल्य रहेको १२ सय सिस्को टियागो कार प्रदान गर्ने आयोजकले जनाएको छ। गल्फमा बिरलै हुने होल इन वान गर्ने प्रोफेसनल गल्फरलाई समेत गाह्रो पर्ने गर्छ।

होन इन वान गर्न लकले नै साथ दिनुपर्ने रोएल नेपाल गल्फ क्लब आरएनजिसीका अध्यक्ष रविन्द्र मान श्रेष्ठले बताए। 'आँखाले नदेख्ने १ सय ५० यार्ड भन्दा टाढा हुने होलमा होल इन वान गर्नु लक नै हो।'

यस्तै गोकर्ण फरेस्टका अध्यक्ष घिमिरेले आफ्नो गल्फ करियरमा आफुले ३ पटक होल इन वान गर्न सकेको भन्दै आफु भागयमानी रहेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell