PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

राजदूत सिफारिसमा यस्तो छ भागबण्डा



पहिलोपोस्ट

राजदूत सिफारिसमा यस्तो छ भागबण्डा

काठमाडौं : राजदूत सिफारिसमा परेकी लक्की शेर्पा लक्की एमालेबाट माओवादीमा प्रवेश गरेकी थिइन्। डेनमार्कका लागि सिफारिस भएका युगनाथ लम्साल द राइजिङ् नेपालका पूर्व सम्पादक हुन्। साउदी अरेबियाका लागि राजदूत सिफारिस भएका महेन्द्र सिंह  र बहराइनका लागि सिफारिसमा परेका पदम सुन्दास माओवादी सूचीका हुन्।
 
सरकारको मुख्य सहयोगी नेपाली कांग्रेसको कोटाबाट ६ जना राजदूतको सिफारिसमा परेका छन्। म्यानमारका लागि सिफारिस भएका भीम उदास एनआरएनका पूर्व महासचिव हुन्। उनी कांग्रेसको सूचीबाट सिफारिसमा परेका हुन्।  

बंगलादेशका लागि सिफारिसमा परेका चोपलाल भुसाल, श्रीलङ्काका  राजदूत सिफारिस भएका विश्वेम्भर प्याकुरेल, युएइको राजदूत सिफारिस भएकी आशा लामा, कतारका रमेशप्रसाद कोइराला कांग्रेस सूचीका राजदूत हुन्।

जापानका लागि सिफारिस भएकी प्रतिभा राणा, इजरायलका लागि सिफारिसमा परेका निरञ्जन थापा राप्रपाका सुचीका हुन्। राणा राप्रपा नेतृसँगै कांग्रेस सभापति शेरबहादुर देउवाकी सासुसमेत हुन्।

स्पेनका लागि सिफारिसमा परेका नेपाली सेनाका पूर्व सहायक रथि भरत रायममझी समेत राप्रपा सूचीका हुन्। ओमानका लागी राजदूत सिफारिस भएकी शर्मिला पराजुली मधेसी जनअधिकार फोरमको सिफारिसमा भएकी हुन्। लोकतान्त्रिकले सरकारलाई समर्थन गरे पनि सरकारमा भने सहभागी छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell