PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​निर्वाचन मिति घोषणा गरेको १५ मिनेटमा आन्दोलन कार्यतालिका ल्याउने मोर्चाको तयारी



सविन ढकाल

​निर्वाचन मिति घोषणा गरेको १५ मिनेटमा आन्दोलन कार्यतालिका ल्याउने मोर्चाको तयारी

काठमाडौं : सोमबारको दोस्रो मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा नगरेपछि मधेसी मोर्चाको बैठक लम्बिएको छ। सरकारले गर्ने निर्णयको आधारमा मोर्चाले समेत निर्णय गर्ने भएकाले बैठक लम्बिएको हो।

बिहान १० बजेको मन्त्रिपरिषद् बैठकबाट निर्वाचन घोषणाको निर्णय हुने र मोर्चाले आन्दोलन घोषणा गर्ने तयारीसहित मोर्चाले दिउँसो बैठक डाकेको थियो।

तर सरकारले बिहानको बैठकबाट आयोगलाई स्थानीय निकायको संख्या बढाउन म्याण्डेट दिने मात्र निर्णय गरेर दिउँसो पुनः मन्त्रिपरिषद् डाकेपछि मोर्चा बैठक बसेर पनि अनिर्णित छ।

सरकारले निर्वाचन मिति घोषणा गरे आन्दोलनको कार्यतालिका सार्वजनिक गर्ने मोर्चाको तयारी छ। निर्वाचनबारे निर्णय गर्न आजै तेस्रोपटक मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ। 

सरकारले मिति घोषणा गरेको १५ मिनेटमा मोर्चाले आन्दोलनको कार्यतालिका सार्वजनिक गर्ने मोर्चाका नेता तथा संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादवले बताए।

'सरकारले निर्वाचन घोषणा गरेको १५ मिनेटभित्र मोर्चाले आन्दोलनको घोषणा गर्छ' उनले भने।

वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने सरकारी तयारी मोर्चाको अहमतीका कारण लम्बिएको हो। सोमबार बिहान बसेको बैठकबाटै मिति तोक्ने तयारी गरिए पनि मोर्चा मनाउन निर्णय भएन। सोमबार दिउँसो बसेको बैठकले पनि निर्वाचनको मिति नतोकी राजदूतको नाम मात्रै सिफारिसको निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell