
इन्डियन प्रिमियर लिग आइपिएलको दशौं संस्करणका लागि सोमबार भारतको बैंगलोरमा प्लेयर्स अक्सन (खेलाडी लिलामी) भएको छ।
यस संस्करणको अक्सनमा इंगल्याण्डका अलराउण्डर बेन स्टोक्स सबैभन्दा महाँगा खेलाडी बनेका छन्। उनलाई राइजिङ पुने सुपरजायन्ट्सले १४ करोड ५० लाख भारतीय रुपैयामा किनेको हो।
यस्तै स्टोक्स सबैभन्दा महाँगा विदेशी ओभरसिस खेलाडी समते बनेका छन्।
आइपिएल-१० का महँगा खेलाडी
यस पटकको आइपिएल अक्सनमा सबैभन्दा आकर्षणको केन्द्रबने अफगानी खेलाडीद्वय मोहम्मद नावी र रसिद खान।
नावी आइपिएलमा खेल्ने पहिलो अफगानिस्तानी खेलाडी बने भने रसिद खान करोडपती अफगानी खेलाडी बने। दुवैलाई डेविड वार्नरको कप्तानीमा रहेको साविक विजेता सनराइजर्स हैरादावादले किन्यो।
नावीलाई हैदरावादले बेस प्राइज ३० लाखमै पायो भने रसिद खानलाई ४ करोडमा भित्र्यायो।
बेस प्राइज ५० लाख रहेका १८ वर्षिय लेग स्पिनर खानको लागि हैदारावदले मुम्बाई इन्डियन्सले कडा टक्कर दिएपनि अन्त्यमा हैदारावादले बाजी मार्यो।VIDEO: Afghanistan's 18-year-old leggie Rashid Khan gets INR 4 Crore. He will play for @SunRisers https://t.co/4GjjY0a8b1 #IPLauction
— IndianPremierLeague (@IPL) February 20, 2017
यस्तै चिराग सुरु आइपिएलमा खेल्ने पहिलो युएईका खेलाडी बनेका छन्। उनलाई गुजरात लायन्सले बेस प्राइज १० लाखमै किन्यो।
अफागनिस्तानकै कप्तान असगर स्टानिज्काई र ओपनर मोहम्मद शेहजाद भने बिकेनन्।
भारका अनक्याप्ट खेलाडी टी नटराजनलाई किंग्स एलेभेन पञ्जावले ३ करोडमा किन्यो।
स्टोक्सपछि इंगल्याण्डकै अर्का खेलाडी टायमल मिल्स दोस्रो महँगा खेलाडी बने। मिलसलाई रोएल च्यालेन्जर्स बैंगलोरले १२ करोडमा किन्यो।
यस्तै न्युजिल्याण्डका ट्रेण्ड बोल्ट र दक्षिण अफ्रिकाका खागिसो रवाडा समान ५/५ करोडमा बिके। बोल्टलाई कोलकता नाइट राइडर्स र रवाडालाई दिल्ली डेयर डेभिल्सले किनेको हो।
दिल्लीले नै अष्ट्रेलियन प्याट्रिक कमेन्सलाई ४ करोड ५२ लाखमा किन्दा कोलकताले इंगलिस अलराउण्डर क्रिस वोक्सलाई ४ करोड २० लाखमा किन्यो।
कोलकताले अष्ट्रेलियन फास्ट बलर नाथन कल्टर नाइललाई पनि ३ करोड ५० लाखमा किन्यो।
आइपिएल अक्सनमा गुजरात लायन्स, किंग्स एलेभेन पञ्जाव र पुने सबैभन्दा व्यस्त देखियो। गुजरातले ११ खेलाडी किन्यो भने कोलकता र पुनेले समान ७ खेलाडी किने। बैंगलोरले सबैभन्दा कम ५ खेलाडी मात्र किन्यो।
यस संस्करणको आइपिएल अक्सनमा केही नाम चलेका खेलाडी बिकेनन्। भारतीय फास्ट बलर इशान्त शर्मा जसको बेस प्राइज २ करोड थियो उनलाई कसैले चासो देखाएनन्। यस्तै १ करोड ५० लाख बेस प्राइज भएका विकेटकिपरहरु ब्राड ह्याडिन, जोनी बेरस्टो, अलारउण्डर ज्यासन होल्डर तथा बलरद्वय नाथन लियोन र केल एबोट बिकेनन्।
आइपिएल-१० मा नबिकेका खेलाडी