PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

हिमालयन डिष्ट्रिलरीले 'रोयल ट्रेजर' महयात्रा गर्दै, कलाकारसहितको टोलीले मुलुकका दस सहरमा यात्रा गर्ने



पहिलोपोस्ट

हिमालयन डिष्ट्रिलरीले 'रोयल ट्रेजर' महयात्रा गर्दै, कलाकारसहितको टोलीले मुलुकका दस सहरमा यात्रा गर्ने

काठमाडौं : जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तर्गतको हिमालयन डिष्टीलरीले लामो समयपछि ‘रोयल ट्रेजर–महयात्रा २०७३’ गर्ने भएको छ। देशका विभिन्न दस सहरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहितको हास्यकलाकारसहितको टोलीले यात्रा गर्नेछ।
 
फागुन १३ देखि २५ गतेसम्म यो यात्रा हुने बताइएको छ। मह जोडीका अतिरिक्त नरेन्द्र कंशाकार, किरण केसी, शिवहरि पौडेल, मोहित श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, माण्डवी त्रिपाठी र रुद्र अधिकारी पनि यात्रामा रहने छन्।
 
कार्यक्रम फागुन १३ गते पोखरामा, फागुन १४ गते भैरहवामा,फागुन १६ गते धनगढीमा, फागुन १७ गते महेन्द्रनगरमा, फागुन १८ गते नेपालगञ्जमा, फागुन १९ बुटवलमा, फागुन २० गते सौराहामा , फागुन २२ गते विराटनगरमा,फागुन २३ गते  विर्तामोडमा र  फागुन २४ गते धरानमा यो कार्यक्रम हुनेछ। यो कार्यक्रममा रोयल ट्रेजरसहित होटल संघको समेत सहभागिता रहनेछ।
 
यो कार्यक्रमबाट उठेको रकम अतिथि सत्कार उद्योगको सुधारमा खर्च गरिनेछ भने केही रकम उद्योगमा कार्यरत कर्मचारीको तालिम र छात्रवृत्तिमा खर्च गरिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell