PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तेन्जिङ छिरिङलाई अग्रता



पहिलोपोस्ट

सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तेन्जिङ छिरिङलाई अग्रता

काठमाडौं : अम्याचर गल्फर तेन्जिङ छिरिङले सुर्य नेपाल सेन्ट्रल ओपन गल्फको पहिलो दिन अग्रता बनाएका छन्।
 
सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत गोकर्ण गल्फ क्लबमा सोमबार देखि सुरु वर्षको चौथो प्रतियोगिताको पहिलो दिन छिरिङले ६ अण्डर ६६ को स्कोर गरे। उनले दुवै हाफमा ३ अण्डर ३३ स्कोर बनाए।
 
नेशनल टीमको सदस्य समेत रहेका छिरिङ प्रोफेसनल गल्फरद्वय भुवन नगरकोटी र सन्जय लामा भन्दा ४ स्ट्रोकले अगाडी छन्।
 
नगरकोटी र लामाले पहिलो दिन २ अण्डर ७० को स्कोर गरे। १ अण्डर ७१ स्कोरसहित रवी खड्का चौथो स्थानमा छन्। १ ओभर ७३ स्कोरसहित नेपालका नम्वर वान गल्फर शिवराम श्रेष्ठ र धरानका बालभद्र राई संयुक्त रुपमा पाँचौ स्थानमा छन्।
 
प्रतियोगितामा ३३ प्रोफेसनल र १५ अम्याचर गल्फरले सहभागिता जनाएका छन्। कुल ६ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १० हजार हात पार्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell