PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित,प्रतिद्वन्दी राणाले २ सय मत कटाए



पहिलोपोस्ट

राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित,प्रतिद्वन्दी राणाले २ सय मत कटाए

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। थापाले २ हजार ८ सय ४ मत ल्याएका छन्। थापालाई चुनौतीदिँदै राणाले उम्मेदवारी दिए पनि सर्वसम्मतहुनबाट मात्रै रोकिए। प्रतिद्वन्दी उम्मेद्वार प्रदीपविक्रम राणाले २ सय ५१ मत ल्याए। ८१ मत बदर भएको छ।

पार्टी एकीकरणको तीन महिनामा भएको एकता महाधिवेशनमा उम्म्द्वारी दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई  रोक्न सफल भएका थापा एकिकृत राप्रपाका शक्तिशाली अध्यक्ष भएका छन्।

थापाकै गुटका राणाले थापासँग झगडा परेका कारण उम्मेद्वारी दिएका थिए। एकता महाधिवेशनबाट निर्वाचित भएसँगै कमल थापा शक्तिशाली राजनीतिज्ञका रुपमा स्थापित भएका छन्।

संसद्मा ३१ पार्टी रहेको 'हङ पार्लियामेन्ट' मा थापा अब सत्ताका लागि समेत निर्णायक खेलाडि भएका छन्। संसद्मा एकीकृत राप्रपाको ३६ सिट छ।
९४ केन्द्रिय सदस्यको मतदान मंगलबार हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell