PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​चुनाव घोषणा विरुद्ध मधेसी मोर्चा : फागुन १० बाट आन्दोलन, चुनावमा भाग नलिने, मधेसमा गर्न नदिने



सविन ढकाल

​चुनाव घोषणा विरुद्ध मधेसी मोर्चा : फागुन १० बाट आन्दोलन, चुनावमा भाग नलिने, मधेसमा गर्न नदिने

काठमाडौं : सरकारले २०७४ बैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरे लगत्तै मधेसी मोर्चाले निर्वाचन बहिष्कार गर्ने घोषणा सहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

तमलोपाको कार्यालयमा बसेको बैठकमा फागुन १० बाट मधेसमा आन्दोलन गर्ने निर्णय गरेको हो। मोर्चाले १० गते जुलुश, ११ गते मधेस बन्द र १२ गते देखि १५ दिनसम्म भण्डाफोर कार्यक्रम चलाउने घोषणा गरेको छ।

तमलोपाका उपाध्यक्ष ह्यदयश त्रिपाठीले मधेसमा निर्वाचन हुन नदिने र निर्वाचनमा भाग नलिने निर्णय भएको जानकारी दिए। सरकारले निर्वाचन मिति तोक्ने तयारी गरेपछि सोमबार दिउस २ वजेबाट तमलोपाको कार्यालयमा मोर्चाको बैठक बसेको थियो।

सरकारले निर्वाचन मिति तोके लगत्तै आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उनीहरुको तयारी थियो। सि‌ंहदरवारमा सरकारको निर्णय सार्वजनिक भएसँगै तमलोपाको कार्यलयमा मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो। 

मोर्चाले संसदमा पुगेको संविधान सभा संशोधन विधेयक टुंगो लगाएर मात्रै स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गर्दै आएको थियो। सरकारले भने निर्वाचनको तयारी र संशोधन संगसंगै अगाडि बढाउने भन्दै राजी हुन आग्रह गरे पनि उनीहरुले स्विकार गरेनन् र आन्दोलनको कार्यक्रम सार्वजनिक गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell