PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

चुनावको मिति तोकेपछि प्रधानमन्त्रीले भने : लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि निर्वाचन



पहिलोपोस्ट

चुनावको मिति तोकेपछि प्रधानमन्त्रीले भने : लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि निर्वाचन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि सरकारले निर्वाचन मिति तोकेको बताएका छन्। २०७४ बैशाख ३१ मा स्थानिय तहको निर्वाचन गर्ने निर्णय गरेर मन्त्रिपरिषद् बैठकबाट बाहिरिएका प्रचण्डले मंगलबारबाट संविधान संशोधन प्रस्ताव अगाडि बढ्ने बताए।

'सबै राजनीतिक दलबीच समझदारी गरेर निर्वाचन घोषणा गरेका छौ,' प्रचण्डले भने' लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयका लागी निर्वाचन घोषणा गरेका हौ।'

उनले मधेस र तराइमा जनसंख्याका अधारमा स्थानिय तह बढाउने निर्णय भइसकेको र बैठकमा संघिय आयोगबारे समेत छलफल गरेको बताए। 'संविधान संशोधन अगाडि बढाउने आत्मसात गरिएको छ', उनले भने। प्रचण्डले संसदको बैठकबाट अब संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताए। 

संसदको बैठक मंगलबार १ बजे बस्दैछ। गत १४ मंसिरमा संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सरकारले संसदमा अगाडि बढाउन सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुले संशोधनको विरोध गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell