PahiloPost

Jan 10, 2026 | २६ पुष २०८२

​निर्वाचन घोषणाप्रति विप्लवको आपत्ति, निर्वाचनको भ्रममा नपर्न अपिल



पहिलोपोस्ट

​निर्वाचन घोषणाप्रति विप्लवको आपत्ति, निर्वाचनको भ्रममा नपर्न अपिल

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (माओवादी)ले स्थानीय तह निर्वाचन घोषणाप्रति आपत्ति जनाएको छ। संसदीय व्यवस्था जनयुद्धको मर्म विपरित भएको भन्दै उसले चुनावको भ्रममा नपर्न जनतालाई आह्वान गरेको छ।

पार्टीले विज्ञप्ति जारी गर्दै निर्वाचनको भ्रममा नपर्न जनतालाई अपिल समेत गरेको छ। जनसत्ता सञ्चालन नै पार्टीको निश्कर्ष भएकाले चुनावको औचित्य नभएको विप्लव नेतृत्वको माओवादीको ठहर छ। 

सरकारले सोमबार वैशाख ३१ गते स्थानीय तह निर्वाचनको घोषणा गरेको थियो। सत्ता सहयोगी मधेशी मोर्चाबाहेक अन्य सवै दलहरुले मिति घोषणाको स्वागत गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell