
काठमाडौं : सरकारले स्थानीय तह निर्वाचन मिति तोके लगत्तै गृह मन्त्रालय निर्वाचन सुरक्षाको रणनीति बनाउन जुटेको छ। बैशाख ३१ गते तोकिएको निर्वाचनका र मधेसी मोर्चाको आन्दोलनका लागि तत्काल सुरक्षाा तयारीका लागी गृह सुरक्षा रणनीति बनाउन जुटेको हो।
निर्वाचन विशेष सुरक्षाा योजना बनाउन गृहमा अहिले नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग गृहका अधिकारी छलफलमा छन्। गृह प्रवक्ता बालकृष्ण पन्थीले सुरक्षाको अवस्थाको विश्लेषण र तयारीका लागी तीनवटै सुरक्षाा निकायका प्रमुखसँग छलफल गरी रणनीति बनाउन बैठक राखिएको बताए।
'अहिले हामी सुरक्षा बैठकमा छौ,' उनले पहिलोपोस्टसँग भने' बैठकमा भएका छलफलका आधारमा निर्वाचन केन्द्रित सुरक्षा योजना अगाडी बढ्नेछ।'
बैठकमा निर्वाचन जनशक्ति र सुरक्षाा प्रवन्ध, अहिलेको अवस्था, सम्भावित चुनौती, मधेस आन्दोलनबारे विश्लेषण र तयारीबारे छलफल भइरहेको छ।
प्रहरी हेडक्वाटरमा ब्रिफिङ बैठक
सरकारले निर्वाचन मिति घोषणा गरे लगत्तै प्रहरी प्रधान कार्यालयमा सोमबारनै डिआइजी र उपत्यकामा रहेका एसएसपीसँग निमित्त प्रहरी प्रमुख दिनेशचन्द्र पोखरेलले छलफल गरेका थिए। छलफलमा सरकारले आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्द भने सहभागी थिएनन्।बैठकमा पोखरेलले सरकारले निर्वाचन मिति घोषणा गरेकाले तत्काल निर्वाचन सुरक्षामा केन्द्रित हुन निर्देशनदिँदै'मलाई योबारे धेरै जानकारी छैन, तर हिजोका निर्वाचनमा सुरक्षा रणनीति बनाउने प्रहरी अधिकृतहरु पनि यही हुनुहुन्छ, चेन अफ कमाण्डमा बसेर काम गर्नुहोला' भनेका थिए।
बैठकमा प्रहरी जनशक्ति र अन्य सुरक्षा निकायसँगको समन्वयबारे समेत छलफल भएको बैठकमा सहभागी एक प्रहरी अधिकारीले जानकारी दिए। सुरक्षााका लागी जनशक्ती अभाव हुने भएकाले म्यादी प्रहरी राख्नुपर्ने र त्यसको संख्या गत निर्वाचनको भन्दा बढी हुने निष्कर्ष निकालिएको थियो।
दोस्रो संविधान सभामा कति थिए सुरक्षााकर्मी
दोस्रो संविधान सभा निर्वाचनमा सरकारले नेपाली सेना सहित गृह मातहतका तीन सुरक्षा निकाय र म्यादी प्रहरी गरी एक लाख ८० हजार जनशक्ति खटाएको थियो। संविधान सभा निर्वाचनमा ६२ हजार सेना, 48 हजार प्रहरी, ३२ हजार सशष्त्र प्रहरी, ४५ हजार म्यादी र ७ सय गुप्तचर खटिएका थिए।नेपाली सेनाको संख्या करिव ९० हजार छ। प्रहरी ७२ हजार र सशस्त्र ३७हजार पुगेका छन्। राष्टिय अनुसन्धान विभागमा करिव ३ हजार जनशक्ति छ। सोमबार बसेको प्रहरीको समिक्षा बैठकमा म्यादी प्रहरीको संख्या ६० हजार हाराहारी आवश्यक पर्ने निष्कर्ष निकालेको थियो। सुरक्षा जनशक्ति मधेस आन्दोलनको स्वरुप र निर्वाचनको विपक्षमा जानसक्ने मोहन बैद्य, नेत्र विक्रम चन्द, र सिके राउत जस्ता शक्तीको तयारीले निर्धारण गर्ने बैठको निचोड थियो।