PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राप्रपा केन्द्रीय सदस्यका लागि मतदान जारी, साँझसम्म नतिजा आउने



पहिलोपोस्ट

राप्रपा केन्द्रीय सदस्यका लागि मतदान जारी, साँझसम्म नतिजा आउने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी अधिवेशनमा केन्द्रीय सदस्यका लागि आज बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको छ।
 
मतदानको समय साँझ ५ बजेसम्म राखिएको छ। राष्ट्रिय सभागृहमा भइरहेको मतदान सकिएपछि गणना गरी परिणाम सार्वजनिक गरिनेछ।
 
१६३ सदस्यीय केन्द्रीय समितिको ९८ पदका लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बाँकी सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ।
 
पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, प्रर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्चका लागि छुट्याइएको थियो। 

पार्टीको अध्यक्षमा हिजो निर्वाचित भएका कमल थापाले सर्वप्रथम मतदान गरी सो प्रक्रियाको थालनी गरेका थिए। विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएकाले आज साँझसम्म नतिजा प्राप्त हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell