PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

१९ औं तिलोतमा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र शेरे एफसी कालिम्पोङबीच प्रतिस्पर्धा हुने



पहिलोपोस्ट

१९ औं तिलोतमा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र शेरे एफसी कालिम्पोङबीच प्रतिस्पर्धा हुने

बुटवल : १९ औं तिलोतमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। जसअनुसार फागुन १२ गते हुने उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपीएफ तथा शेरे एफसी कालिम्पोङ, भारत बीच हुनेछ।

प्राविधक कारण देखाउँदै भारतको दिल्ली युनाइटेडले नाम फिर्ता लिएपछि दिल्लीको स्थानमा सिक्कीम युनाइटेडले सहभागिता जनाउने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ केसी (कुमार)ले जानकारी दिए।

सिक्कीमले पहिलो खेलमा फागुन १३ गते विभागीय क्लब नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा भारतका दुई र नेपालको आठ गरी कूल १० टीमको सहभागिता रहेको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell