PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

निर्वाचन सफल पार्न प्रधानमन्त्रीले गरे सबैलाई आह्वान



पहिलोपोस्ट

निर्वाचन सफल पार्न प्रधानमन्त्रीले गरे सबैलाई आह्वान

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सफल पार्न सबैलाई आह्वान गरेका छन्।
 
मंगलबार बिहान प्रेस काउन्सिलले आयोजना गरेको पत्रकार स्तम्भ अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले लामो समयपछि स्थानीय तहको निर्वाचन गर्ने अवसर देशले पाएकाले सबैलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन्।
 
उनले निर्वाचनलाई देश विकासको अवसरको रुपमा लिएर अगाडि बढ्नु पर्ने बताए। संविधान कार्यन्वयनको लागि निर्वाचन आवश्यक रहेको भन्दै उनले पत्रकारलाई समेत चुनावको माहोल बनाउन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell