PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

फिल्म 'पलाँस'को नयाँ प्रचार शैली : 'कभरगीत प्रतियोगिता' आह्वान



पहिलोपोस्ट

फिल्म 'पलाँस'को नयाँ प्रचार शैली : 'कभरगीत प्रतियोगिता' आह्वान

काठमाडौं: चैत १८ गते सार्वजनिक हुने फिल्म ‘पलाँस’ले पनि नयाँ प्रचारशैली अपनाएको छ। फिल्म युनिटले फिल्मको सार्वजनिक लिरिकल गीतको लागि 'कभर गीत प्रतियोगिता' आह्वान गरेको हो।

‘हेल्प लिन सक्छौ मबाट’ बोलको गीत सोमबार सार्वजनिक गरिएको थियो। गीतसँगै फिल्म युनिटले कभर गीत प्रतियोगिता गर्ने घोषणा गरेको हो।

निर्मात्री कृषा चौलागाईंका अनुसार इच्छुकले यही फाल्गुण ९ गतेदेखि चैत्र १५ गतेसम्ममा आफ्नो गीत पठाउन पर्नेछ। गीत गाएको अडियो वा भिडियो गरेर ‘पलाँस’को अफिसियल फेसबुक पेजमा पोस्ट गर्न पर्नेछ। एक लाईक बराबर एक अङ्क र  प्रत्येक शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्ने बताइएको छ।

उत्कृष्ट पाँचमध्य एउटा कभर सङ विजेता घोषित हुनेछ। विजेताले एक लाख नगद प्राप्त गर्ने निर्मात्रीले जानकारी दिइन्।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा  सुगम पोख्रेलको स्वर र भावना पाठकको शब्द छ। कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालाको निर्देशन रहेको फिल्म ‘पँलास’ मा रेखा थापा, कामेश्वर चौरासिया र आयुव केसीको अभिनय रहेको छ। 

यस्तो छ लिरिकल भिडियो: 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell