काठमाडौं : संविधान संशोधन नगरी सरकारले निर्वाचनको मिति सार्वजनिक गरेकोमा विच्किदै आन्दोलनमा फर्किएको मधेशी मोर्चाले विरगंजको घण्टाघर चोकमा प्रर्दशन गरेको छ ।
सद्धभावना पार्टीको अगुवाइमा भएको विरोध प्रदर्शनको अगुवाई पार्टी अध्यक्ष राजेन्द्र महतोले गरेका थिए। विरोध कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाइएको छ । सद्धभावनाका महासचिव मनिष सुमनले घोषित कार्यक्रम अनुसार पार्टीले विरोध प्रदर्शन गरेको बताए।
'संविधान संशोधन नै नगरी घोषण गरिएको निर्वाचन हामी स्वकार गर्न सक्दैनौ यसले मुढभेड मात्र निम्त्याउछ ’ उनले भने।
मोर्चाले शूरु गरेको आन्दोलन सफल पार्ने नेताहरु तराई झर्नेक्रम बढेको छ। महतो मंगलवार नै विरगंज पुगेका हुन् । मोर्चाले सोमवार सार्वजनिक गरेको आन्दोलन कार्यतालिका अनुसार मंगलवार विहानबाट नै मधेका हाट बजार र सदरमुकाममा मसाल जुलुस निकाल्ने कार्यक्रम छ ।
सरकारले घोषण गरेको निर्वाचन मितिको विरुद्धमा मोर्चाले बुधावर तराई बन्द र विहीवार देखि १५ दिनसम्म गाउ, नगर र सदरमुकाममा भण्डाफोर कार्यक्रम घोषण गरिसकेको छ