PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

एक सातामा निर्वाचन संहिता : सरुवा, बढुवा र नियुक्ति रोकिने



पहिलोपोस्ट

एक सातामा निर्वाचन संहिता : सरुवा, बढुवा र नियुक्ति रोकिने

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने जानकारी दिएका छन्।
 
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागू गर्छ, शून्य सहनशिलताका आधारमा हामी आचारसंहिता लागू गर्नेगरी विशेष छलफलमा छौं, आचारसंहिता लागू हुने बित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं।’
 
यादवले आयोगले निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै भने, ‘हामी फ्रि एढड फेयर निर्वाचन गर्छौं।’
 
उनले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै भने, ‘सफलता प्राप्त गर्नको लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ।’ उनले निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने जिकिर गरे।
 
उनले स्थानीय तह पुनर्संरचनाअनुसार नयाँ संरचनाको भूगोल गाउँपालिकाहरुमा कर्मचारी खटनपटनको लागि आफूहरुले सरकारसँग आग्रह गरेको समेत जानकारी दिए।
 
उनले विद्युत्तीय भोटिङ मेसिनको सम्भावना नभएको समेत स्पष्ट पारे। यादवले भने, ‘अब मतपत्रमै निर्वाचन हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell