PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

सल्लाघारी-कटुञ्जे सडक २० दिनदेखि अवरुद्ध : ढु‌ंगा थुपारेर ठेकेदार गायव



पहिलोपोस्ट

सल्लाघारी-कटुञ्जे सडक २० दिनदेखि अवरुद्ध : ढु‌ंगा थुपारेर ठेकेदार गायव

भक्तपुर : सडक किनारमा पर्खाल लगाउन ल्याएको ढुंगा सडकमा थुपार्दा भक्तपुर सल्लाघारीको सडकमार्ग अवरुद्ध भएको छ। ठेकेदारले भक्तपुरको सल्लाघारीबाट कटुञ्जे जाने मुख्य सडकमा ढुंगा राखेर काम बन्द गर्दा एक महिनादेखि सो सडक मार्ग प्रभावित भएको हो।

४ महिना अगाडिबाट सो सडक मार्ग बाट सडक फराकिलो बनाउन सडक किनारमा ढुंगाको पर्खाल लगाउन शुरु गरिएको थियो। स्थानीयका अनुसार चार महिनाकोविचमा २ सय मिटर पर्खाल पनि लगाइएको छैन। २० दिन देखी सडक बिचमा ढुंगा थुपारिए पनि पर्खाल लगाउने काम नभएको स्थानियले जानकारी दिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell