PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

फिल्म 'पर्व'मा यस्तो देखिइन् नम्रता श्रेष्ठ



पहिलोपोस्ट

फिल्म 'पर्व'मा यस्तो देखिइन् नम्रता श्रेष्ठ

काठमाडौं: फिल्म ‘पर्व’को छायाँकन प्याक अपसँगै फिल्मकी मुख्य अभिनेत्री नम्रता श्रेष्ठका केहि फोटो सार्वजनिक भएका छन्। फोटोमा श्रेष्ठ फरक फरक मनोदशामा देखिएकी छिन्।



फिल्म युनिट फ्लोरमा निस्किएको ४० दिनमा सकिएको निर्माणपक्षले जानकारी दियो।

चैत्र २५ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ। दिनेश राउतको निर्देशनमा बनेको फिल्मको गीत 'काले दाइ' चर्चामा रहेको छ।



सुवास गिरी र निकिता पौडेल यो चलचित्रका निर्माता हुन्। गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण भएको हो।



चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कोशिश क्षेत्रीको संगीत छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell