PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठक मोर्चाले गर्‍यो बहिष्कार



पहिलोपोस्ट

प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठक मोर्चाले गर्‍यो बहिष्कार

काठमाडौं : स्थानीय तहको निर्वाचन मिति घोषणापछिको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठक मधेसी मोर्चासहित १० दलले बहिष्कार गरेका छन्। 

निर्वाचनको मिति घोषणासँगै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चामा आबद्ध ७, थरुहट तराई पार्टी ,थरुहट पार्टी लोकतान्त्रिक र
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले समेत प्रधानमन्त्रीले राखेको बैठकमा भाग नलिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्य सुरु गरेदेखि नै मोर्चाले संविधान संशोधन विधेयक टुंगो लगाएर निर्वाचन मिति घोषणा गर्न सुझाव दिँदै संविधान संशोधन नगरी निर्वाचन गरे आफूहरुले भाग नलिने बताउँदै आएको थियो। सरकारले संविधान संशोधन र निर्वाचनको तयारीसँगै लैजाने बताए पनि मंगलबार राखेको संसद्‍को बैठकसमेत अगाडि बढाउन सकेन।

वार्ता र छलफल सरकारको भुलाउने हतियार मात्रै भएको भन्दै मोर्चाका नेता प्रधानमन्त्रीले राखेको बैठकमा नजाने निर्णय गरेका हुन्। मोर्चाका अधिकांश नेता घोषित आन्दोलनलाई अगाडि बढाउन काठमाडौंबाहिर गइसकेका छन्।

अन्य दलका नेता सहभागीहुुुँदै


मोर्चाले बहिष्कार गरे पनि एमाले,राप्रपा, लगायतका दलका नेता भने बैठकमा सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell