
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठक सुरु भएको छ। स्थानीय तहको निर्वाचन मिति घोषणापछिको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक राखेका हुन्।
संसद् भवन नयाँ बानेश्वरमा भइरहेको बैठकमा मधेसी मोर्चाका नेताहरु भने सहभागी छैनन्। निर्वाचनको घोषणालगत्तै मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको र प्रतिपक्षीलाई समेत विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने चेपुवामा परेका प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको माहोल बनाउन सर्वदीय बैठक डाकेका हुन्। अरु नै कार्यक्रममा सहभागी भएकाले एमाले अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा आइपुगेका छैनन्।