PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

'स्टार बन्न सजिलो छ तर स्टारडम टिकाई राख्न कठिन': साहिद कपूर



पहिलोपोस्ट

'स्टार बन्न सजिलो छ तर स्टारडम टिकाई राख्न कठिन': साहिद कपूर

जब वी मेट, कमीने, हैदर, आर राजकुमार जस्ता हिट फिल्म गरेका बलिउड अभिनेता साहिद कपूरले सफलता र असफलता दुबैको स्वाद चाखेका छन्।

उनी भन्छन्,'आजको दिनमा बलिउडमा स्टार बन्न निकै सजिलो छ तर स्टारडम टिकाई राख्न उतिनै कठिन।'

बिबीसी हिन्दीसँगको कुरामा उनले स्टार र स्टारडम बारे बोल्दै भने,'आजकल त सोशल मीडियाको प्रयोगले जो पनि स्टार बन्नसक्छ। तर दर्शक बाठो भएकाछन्। उनीहरु एउटै कुरा सधैं देख्न, सुन्न रुचाउँदैनन्। ति बाठा दर्शकको लागि पनि फरक स्वादको प्रतुती दिन आवश्यक छ।'

उनी आफू फिल्म 'कमिना'बाट फरक धारको अभिनय गर्न प्रेरित भएको जिकिर गर्छन्। 'सो फिल्मले मेरो आत्मविश्वास बढाइदियो।'

अहिले उनी फिल्म 'रंगुन'को प्रदर्शन तयारीमा छन्। दोस्रो विश्व युद्धमाथी बनेको फिल्ममा उनी ब्रिटिश इन्डियन आर्मीको रुपमा देखिएका छन्।

विशाल भारद्वाज निर्देशित फिल्ममा कंगना रनौत र सैफ अली खानको पनि मुख्य भूमिका रहेको छ। विशालसँग साहिदको यो दोस्रो फिल्म हो।

यसअघि कमिनामा पनि यि दुईको टिमअप रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell