
काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सअन्तर्गत केन्याविरुद्ध हुने खेलका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको छनोट गरिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको मातहतमा रहेर पारस खड्काको कप्तानीमा १९ खेलाडी छनोट गरिएको हो। कप्तान पारससँगै मुख्य प्रशिक्षक जगत टमाटा र आइसीसीका प्रतिनिधि वेनकाटापति राजु सम्मिलित ३ सदस्यीय छनोट समितिले खेलाडी छनोट गरेको हो।
यसअघि सुपर लिगमा ५२ खेलाडी छनोट गरिएको थियो भने दोस्रो चरणमा २४ खेलाडी छानिएको थियो। दोश्रो चरणमा छानिएका अमित श्रेष्ठ, सुसन भारी, कुशल भुर्तेल, विक्रम सोव र दीपेश श्रेष्ठ १९ सदस्यीय टोलीमा अटाएनन्।
यस्तै नेपालले मार्च ११ र १३ मा केन्यासँग खेल्नुअघि भारत भ्रमण गर्ने भएको छ। आगामी शुक्रबार भारतको ग्रे नोएडा जाने नेपाली टोलीले त्यहाँ ३ अभ्यास खेल खेल्नेछ। केही दिनअघि मात्र स्वाथ्य उपचार गराएका कप्तान पारस खड्का भने भारत भ्रमण जाने छैनन्। भारत भ्रमणपछि केन्याविरुद्ध खेल्ने अन्तिम १४ तथा वैकल्पिक ४ खेलाडीको टुङ्गो लगाइने नेपाली टोलीका टेक्निकल एनालाइस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
छनोट भएका खेलाडीहरु
पारस खड्का
ज्ञानेन्द्र मल्ल
मोहम्मद आरिफ शेख
दीलिप नाथ
मेहवुव आलम
करण केसी
मोहम्मद आसिफ शेख
सागर पुन
भुवन कार्की
शरद भेषवाकर
शक्ति प्रसाद गौचन
अभिनाश कर्ण
सोमपाल कामी
सुनिल धमला
दीपेन्द्र सिंह ऐरी
बसन्त रेग्मी
राजेश पुलामी मगर
विनोद भण्डारी
सन्दीप लामिछाने