PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

​१३ औं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी नेपाली टोली पाकिस्तान प्रस्थान



पहिलोपोस्ट

​१३ औं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी नेपाली टोली पाकिस्तान प्रस्थान

काठमाडौं : १३ औं बीएफए वेस्ट एसिया बेसबल कपमा सहभागी हुन १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली मंगलबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ।

खेलाडीहरुमा ईश्वर थापा (कप्तान), अनिल परियार, राजेश बस्नेत, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसेन, पदमसिंह पुजारा, जितबहादुर तामाङ, अचित कार्की, विनोद कोइराला, दिनेशसिंह भण्डारी, मानकुमार माइ, विमल लामिछाने, जीवन नाथ र सुवास बोहरा रहेका छन् ।

टोली नेतामा प्रदीपकुमार खत्री, व्यवस्थापकमा दीपक न्यौपाने, प्रशिक्षकमा अशोक भट्टचन र नारायण घर्ती तथा अम्पायरमा अभिषेक कार्की छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव गंगाबहादुर थापाले मंगलबारै बिदाइ गरे। 

प्रतियोगिता फेब्रुअरी २५ देखि मार्च १ तारिखसम्म सञ्चालन हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell