PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

सुर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तेन्जिङ छिरिङको अग्रता कायमै



पहिलोपोस्ट

सुर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तेन्जिङ छिरिङको अग्रता कायमै

काठमाडौं : अम्याचर गल्फर तेन्जिङ छिरिङले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको दोस्रो दिन पनि आफ्नो अग्रता कायमै राखेका छन्।

सूर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु वर्षको चौथो प्रतियोगिताको दोस्रो दिन छिरिङले २ अण्डर ७० स्कोर गरे।

पहिलो दिन ६ अण्डर ६६ को स्कोर गरेका छिरिङले कूल स्कोर ८ अण्डर १४४ भएको छ।
 
नेशनल टीमको सदस्य समेत रहेका छिरिङ प्रोफेसनल सन्जय लामा भन्दा ६ स्ट्रोकले अगाडी छन्।

दोस्रो दिन एभन पार ७२ स्कोर गरेका लामा २ अण्डर १४२ सहित दोस्रो स्थानमा छन्। यस्तै दोस्रो दिन १ ओभर ७३ सहित एभन पार १४४ स्कोर गरेका रवि खड्का तेस्रो स्थानमा उक्लेका छन्।
 
नेपालका नम्वर वान गल्फर शिवराम श्रेष्ठ दोस्रो दिन चौथो स्थानमा उक्लेका छन्। उनले दोस्रो दिन एभन पार ७२ स्कोर गरेका शिवरामको १ ओभर १४४ स्कोर छ।

प्रतियोगितामा ३३ प्रोफेसनल र १५ अम्याचर गल्फरले सहभागिता जनाएका छन्। कुल ६ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १० हजार हात पार्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell