PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान : विभागीय टीम नेपाल पुलिस क्लब धरानमा जारी १९ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मान बहादुर परियारले इन्जुरी टाइममा गरेको गोलको मद्दतमा पुलिसले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको कन्चनजंघा फुटबल क्लब सिलगुडी भारतलाई ३-२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।

मंगलवार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा पुलिसका लागि अभिषेक रिजालले २ गोल गरे।

पुलिसले अब सेमीफाइनलमा आयोजक धरान फुटवल क्लव निलोसंग फाइनल प्रबेशका लागि प्रतिस्पर्धा गर्ने छ। पुलिसले प्रिक्वाटरफाइनलमा धरानकै पहेँलोलाई सडनडेथमा हराएको थियो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा ५ गोल भएको हो। ४९ औं मिनेटमा अभिषेक रिजालले व्यक्तिगत पहिलो गोल गदै पुलिसलाई १–० को अग्रता दिलाए।

सिलगुडिका निपेश शर्माले पुलिसका जुमानु राईलाई फल गरेपछि प्राप्त फ्रिकिकमा अभिषेकले गोल गरेका हुन्।

त्यसको १० मिनेटपछि नै अभिषेकले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे।
 
२–० ले पछि पर्नु र एक खेलाडीले रातो कार्ड पाएपनि सिलगुडिले उत्कृष्ट पुनरागमन गर्यो। ६७औं मिनेटमा सिलगुडिका क्याप्टेन अमिर लामाले पुलिसका भोला सिलुवाललाई फल गरेपछि उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।  त्यसपछि १० खेलाडिमा झरेको सिलगुडीका लागि ७१ औं मिनेटमा निवास रानाले गोल गर्दै गोल अन्तर कम पारे।

८८औं मिनेटमा पुलिसका कर्ण घिमिरेले सिलगुडिका अनिल राईलाई डि बक्स एरियानमा लडाएपछी सिलगुडिले पेनाल्टी प्राप्त गर्‌यो। सिलगुडीका कर्ण थापाले पेनाल्टीलाई गोलमा परिणत गर्दै खे २–२ को बराबरीमा पुर्‌याए।

निर्धारित समयको खेल बराबरीमा सकिएपनि इन्जुरी टाइममा मान बहादुरले तेज तामाङको कर्णर किक पासमा मानबहादुर परियारले हेड गर्दै गोल निर्णायक गोल गर्दै पुलिसलाई जित दिलाए।

खेलको 'म्यान अफ दि म्याच' सिलगुडिका निवास राना घोषित भए। उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा सिमरा गोल्डकपको विजेता सिएमजी संकटा क्लब र उदयपुर गोल्डकपको विजेता रुपन्देही ११ विच हुने भएको छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ठ खेलाडिले एक थान यामाहा मोटरसाइकल प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell