PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

'मोर्चा निर्वाचनमा आउनुपर्‍यो नि! बोकेर ल्याउने होइन, बयलगाढामा हालेर।'



पहिलोपोस्ट

'मोर्चा निर्वाचनमा आउनुपर्‍यो नि! बोकेर ल्याउने होइन, बयलगाढामा हालेर।'

काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार डाकेको सर्वदलीय बैठकमा गएनन्।

र्तमान सरकारलाई समर्थन दिदैँ आएका मधेस केन्द्रीत दलहरु बैठकमा नगएपनि उनीहरुको चर्चा भने बानेश्वरको बैठकमा भयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त प्रधानमन्त्रीलाई सत्तारुढ दलहरु मिलाउन चुनौती नै दियो। बैठकपछि पनि नेताहरुले मधेसी मोर्चा प्रति आशावादी दृष्टिकोण राखे।

बैठकपछि प्रधानमन्त्रीले भने – 'उहाँहरुले अन्तिम समयमा आउँदिन भनेर खबर पठाउनुभयो। तर बैठकमा मधेसको मुद्दा कुनै न कुनै रुपमा एड्रेस(सम्बोधन) गर्नुपर्छ भन्ने कुराकानी भयो।'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने मधेस केन्द्रीत दलहरु निर्वाचनमा आउँछ्न भन्ने प्रश्नमा सिधा जवाफ फर्काए। 'उहाँहरुसँग कुरा गरिन्छ नि फेरि।'

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि आशावादी कुरा गरे। 'मधेसी मिलाउनुपर्छ। राम्रो कुरा गर्दा मानिहाल्नुहुन्छ।'

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले  भने – 'मोर्चा निर्वाचनमा आउनुपर्‍यो नि। बोकेर ल्याउने होइन, बयलगाढामा हालेर।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell