PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

काठमाडौंमा अझै एक वर्ष धुलो उड्ने ! मेलम्चीले भत्काएको सडक बन्न बर्ष दिन लाग्ने



पहिलोपोस्ट

काठमाडौंमा अझै एक वर्ष धुलो उड्ने ! मेलम्चीले भत्काएको सडक बन्न बर्ष दिन लाग्ने

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन विछ्याउने क्रममा  भत्काएको सडक पुर्ण रुपमा बन्न अझै एक बर्ष लाग्ने भएको छ। 
 
पाइपलाइन विस्तार सकिएपछि ठीकसँग जोडिएको छ/छैन भनेर ‘टेष्ट’ गर्न पानी अपुग रहेको हुँदा पाइप बिछ्याएर पनि सडक पिच गर्न नमिलेको हो। 
 
पाइपलाइनको पुर्ण परीक्षणका लागि १६ करोड लिटर पानी आवश्यक पर्ने र त्यो मेलम्ची पानी नल्याइ संभव नहुने आयोजनाको ठेक्का पाएका निर्माण व्यवसायी रमेश शर्माले जानकारी दिए। अहिले सडक पीच गरे पाइपलाइनमा परीक्षणमा समस्या देखिए फेरि भत्काउनु पर्ने हुँदा समय लाग्ने उनले बताए।
 
पाइपलाइन विस्तार सम्पन्न गर्न अझै २/३ महिना लाग्ने जनाइएको छ। त्यसपछि ‘प्रेसर टेष्टिङ’ गर्नु पर्ने भए पनि अहिले उपत्यकामा उपलब्ध पानीले संभव नहुने देखिएको हो। 
 
आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार मुख्य सडकमा ६० किलोमिटर मध्ये ४५ किलोमिटर भत्काएर पाइपलाइन विस्तार सकिएको छ। यस्तै उपत्यकाभर ६७० किलोमिटर पाइप विस्तार हुने मध्ये हालसम्म ५४० किलोमिटर बिछ्याइ सकिएको छ। ती सडक तत्काल पीच गर्न नमिल्ने भएपछि अस्थायी कालोपत्रे माग गरेको निर्देशनालयले जनाएको छ।
 
दुई बर्ष अघि पाइपलाइन विस्तार थालिएको भएपनि यसपालीबाट तीब्रता दिइएको हो। पाइप बिस्तार गर्दा कतिपय ठाउँमा पुरै सडक अवरुद्ध भए पनि विविध कारणले अस्थायी उपाय समेत गर्न नसकिएको निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले बताए। जति सक्यो छिटो काम सम्पन्न गरेर सर्वसाधरणलाई पर्न गएको असुविधा हटाउन लागिपरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell