PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

चुनावलाई शेयर बजारको लालसलाम, खुल्दाको उत्साह अन्त्यसम्म टिकेन, ७ अंकको गिरावट



पहिलोपोस्ट

काठमाडौँ : स्थानीय चुनाव घोषणाको उत्साह शेयर बजारले अन्त्यसम्म थेग्न सकेन। सोमबार साँझ सरकारले चुनाव घोषणा गरेपछि मंगलबार बजारमा उत्साह देखिने अपेक्षा गरिएको थियो।
 
त्यहि अनुरुप खुलेको १० मिनेट १७ अंकले बढेको बजार त्यसपछि सामान्य उतारचढाव हुँदै सात अंकले घटेर बन्द भएको छ। चुनाव घोषणा हुने समाचारका कारण सोमबार कारोबार समेत उत्साहजनक रुपले भएको थियो।
 
मंगलबार सोमबारको तुलनामा कारोबार रकम समेत करिव २१ करोडले घटेको छ। साताको तेस्रो दिन ६० करोड १७ लाख रुपैयाँको कारोबार भएको हो।

चुनाव घोषणा भए पनि मधेसी मोर्चाले अवरोध गर्ने भन्दै सोमबारै बिज्ञप्ति निकालेपछि बजारको उत्साह लामो समय कायम रहन सकेन।
 
१३६५.५५ अंकबाट सुरु भएको बजार ७.५४ अंकको गिरावटसँगै १३५७.५७ अंकमा बन्द भएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६५ अंकको गिरावटसँगै २९५.६३ अंकमा ओर्लिएको छ।
 
होटल, विकास बैंक र उत्पादनमूलक बाहेक अरु समूह ओरालो लागेका छन्। सबैभन्दा धेरै बीमा उपसूचक २.१५ प्रतिशतले घटेको छ। फाइनान्स समूहमा समेत १.३६ प्रतिशतको गिरावट आएको छ। मंगलबार १३७ कम्पनीको १० लाख ८९ हजार कित्ता शेयर खरिद बिक्री भएको हो। 
 
समग्र बजार ओरालो लागेपनि आइएलएफसिओ माइक्रोफाइनान्सका लगानीकर्ताले झन्डै १० प्रतिशत कमाएका छन्। सेती फाइनान्सका शेयरधनीले त्यही अनुपातमा गुमाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell