
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुकमा जितेका छन्। नेतामध्ये सबैभन्दा धेरै लाइक पाउने नेताको सूचीमा मोदीले ट्रम्पलाई उछिनेका हुन्।
अमेरिकी संस्था बर्सन मार्सटेलरले सार्वजनिक गरेको सूची अनुसार मोदीलाई ३ करोड ९९ लाख जनाले फेसबुकमा फलो गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पलाई १ करोड ९८ लाख जनाले फलो गरेका छन्। तेस्रो नम्बरमा भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारीक फेसबुक पेज छ।
बिबिसी हिन्दीका अनुसार फेसबुकमा सबैभन्दा सक्रिय इथिपियाको सरकार देखिएको छ।