PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​नारायणी अस्तालमा ५७ कर्मचारीकलाई अनियमित नियुक्ति, राज्यमन्त्रीको सचिवालयले गर्यो बदरको पत्रचार



राधेश्याम पटेल

​नारायणी अस्तालमा ५७ कर्मचारीकलाई अनियमित नियुक्ति, राज्यमन्त्रीको सचिवालयले गर्यो बदरको पत्रचार

वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण साह साहले झण्डै ५७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको नियुक्ति अनियमित तरिकाले गरेको गरेको रहस्य खुलेको छ। 

अस्पताल विकास समितिको मार्फत मेडिकल सुपरिटेन्डेन्ट साहले गत असारदेखि मंसिरसम्म स्थायी, अस्थायी र करार दरबन्दीमा स्वाथ्यकर्मी तथा कर्मचारी नियुक्ति गरेको घटना सार्वजनिक भएको हो। मेडिकल अधिकृत, हेल्थ असिस्टेन्स, स्टाफ नर्स, नर्स, अहेव, अनमी, स्वीपर, ल्याब टेक्निसियन, पलम्बर, सुरक्षागार्ड तथा कार्यालय सहयोगी जस्ता पदमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको अनियमित नियुक्ति गरेको पाइएको हो।

स्वास्थ्य  राज्यमन्त्री तारामान गुरुङको निजी सचिवालयले फागुन ४ गते उक्त नियुक्ति बदर गर्न अस्पताल प्रशासनलाई परिपत्र गरेपछि अस्पतालमा खैलबैला मच्चिएको छ। त्यसअघि पनि पुस ११ गते अस्पताल विकास समिति, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले गरेको अनियमित नियुक्तिको निर्णय यथासिघ्र बदर गरी जानकारी पठाउन निर्दशन गरेको थियो।

तर, घटनाबारे औपचारिक रुपमा मन्त्रालयले कुनैपनि कदम चालेको छैन।  

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुड्डको निजी सचिव कृष्णराज पाण्डेद्वारा पत्र लेखिएको छ।

तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट साहले मोटो रकम लिएर ५७ भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको अनियमित नियुक्ती गरेको कर्मचारीहरुले बताएका छन्। नियुक्तिबाट असुलिएको लाखौ रकम अस्पताल विकास समितिका पदाधिकारी तथा मेसु डा. साहले बाँडफाँड गरेको अस्पताल स्रोतले दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell