PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

​चुनाव स्थानीय तह कि निकायको ? सर्वोच्चले फैसला गर्दै, निर्वाचन आयोग कार्यतालिका ल्याउँदै



पहिलोपोस्ट

​चुनाव स्थानीय तह कि निकायको ? सर्वोच्चले फैसला गर्दै, निर्वाचन आयोग कार्यतालिका ल्याउँदै

काठमाडौं : स्थानीय तह वा निकाय कुन चुनाव गर्ने भन्ने संवैधानिक विवादको फैसला सर्वोच्चले आज गर्दैछ। माघ २६ गते न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको सयुक्त इजलासले आज निर्णय सुनाउने मिति तोकेको थियो। स्थानीय निकाय निर्वाचनको मिति घोषणा माग गर्दै गत वैशाख २१ गते परेको रिटमा सर्वोच्चले निर्णय सुनाउन लागेको हो।

सर्वोच्चले संवैधानिक विवादको मुद्दा भएको भन्दै एमिकस समेतको सहायतामा मुद्दाको सुनुवाई अघि बढाएको थियो। नेपाल बार एशोसिएशन र सर्वोच्च बारका ६ जना एमिकसको रायपछि सयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको थियो।

अदालतले स्थानीय तह वा निकायको निर्वाचन विवादको फैसला सुनाउनु अघि नै सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिसकेको छ। सरकारको निर्णय अनुसार निर्वाचन आयोगले  बुधबार स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक हुने सम्भावना रहेको बताए। आयोग पदाधिकारीको निर्देशन अनुसार कार्यतालिका अन्तिम चरणमा पुगेकाले बुधबार साँझसम्म सार्वजनिक हुने शर्माको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell