PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

युसिएलको दुई खेलमा १४ गोल : म्यानचेष्टर सिटी र एथ्लेटिको मड्रिडको जित



पहिलोपोस्ट

युसिएलको दुई खेलमा १४ गोल : म्यानचेष्टर सिटी र एथ्लेटिको मड्रिडको जित

युरोपियन च्याम्पियन्स लिग युसिएल अन्तर्गत अन्तिमा १६ को पहिलो लेगको खेलमा म्यानचेष्टर सिटी र एथ्लेटिको मड्रिड विजयी भएका छन्। दुई खेलमा गरेर कूल १४ गोल सम्भव भएको थियो।

मंगलबार भएको खेलमा इंगलिस क्लब सिटीले फ्रान्सेली क्लब मोनाकोलाई ५-३ ले हरायो।यस्तै स्पानिस क्लब एथ्लेटिकोले जर्मन क्लब वायर लेभरकुजनलाई ४-२ ले पराजित गर्‌यो।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई जित दिलाउन सर्जियो एगुएरोले २ तथा रहिम स्टर्लिङ, लरे साने र जोन स्टोन्सले १/१ गोल गरे।
सिटीले दुई पटक पछि परेको स्थिती उल्टाउँदै गोल गरेको हो।

मोनाकोका लागि राडेमेल फाल्काओले २ गोल गरेपनि एक पेनाल्टी अवसर चुकाउँदा मोनाको हार बेहोर्न बाध्य भयो। मोनाकोका लागि काएलिन लटिने १ गोल गरे।

यस्तै एथ्लेटिकोले लेभरकुजनलाई उसैको मैदान हराउँदा चार फरक खेलाडीले गोल गरे। एथ्लेटिकोका लागि सउल निगेज र एन्टोनि ग्रिजमनले पहिलो हाफमा गोल गरे भने फर्नान्डो टोरेस र केभिन गमेइरोले दोस्रो हाफमा गोल गरे।

यता लभेरकुजनका लागि करिम बेलारबीले १ गोल गरे भने एथ्लेटिकोका स्टेफान साभिचले एक आत्मघाती गोल गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell