काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा कलाकारतर्फ नायिका रेखा थापा, कोमल वली र मीरा राणा विजयी भएका छन्। त्यस्तै फिल्म पत्रकार प्रकाश सुवेदी भने केन्द्रीय सदस्यका लागि चयन भएनन्।
महिलातर्फको कोटाबाट उठेकी रेखाले १ हजार ६ सय ३ मत प्राप्त गरिन्। महिलातर्फबाट अत्याधिक मत ल्याउनेमा उनी दोस्रो भएकी छिन् भने कोमल खुलातर्फ अत्याधिक मत ल्याउनेमा तेस्रो बनिन्। कोमलाले १८ सय ५७ मत प्राप्त गरेकी हुन्। त्यस्तै गायिका मीरा राणाले १ हजार ४ सय ५२ मत प्राप्त गरिन्।
मतदानमा २८ सय मतदाताले भोट दिएका थिए। मत परिणाम गए राति सार्वजनिक भएको हो।
रेखा थापा माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गरेकी हुन्। वली विवादमा आएपछि रेडियो नेपालको जागिरबाट राजीनामा दिएर सार्वजनिक रुपमा राप्रपा प्रवेश स्विकारेकी हुन्। गायिका मीरा राणा भने केही वर्षअघि देखि नै राप्रपामा सक्रिय रुपमा देखिँदै आएकी छिन्।