PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित



पहिलोपोस्ट

काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।
 
गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याएका छन्। निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी भएका हुन्।
 
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डि.के. ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आर.सी. श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएको घोषणा निर्वाचन समितिका संयोजक पर्शुराम कोइरालाले गरे।
 
साथै, महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टङ्क भट्टराई निर्वाचित भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell